काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै ४ सय ७० जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।