काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको विचारले मात्र मुलुकमा परिवर्तन ल्याउन सकिने बताएका छन्। उनले समृद्ध नेपाल भन्दा समुन्न्त नेपाल आधारभूतरुपमै फरक रहेको बताएका छन्।
२८ औँ विश्व आदीवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदीवासी जनजाति महासंघले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्।
उनले आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि पनि समुन्नत विचारमा आउनु पर्ने बताएका छन्।
‘समुन्नत नेपाल निर्माण गर्ने यात्रामा समृद्ध नेपाल भन्दा आधारभूतरुपमा फरक छ,’ महामन्त्री थापाले भने,‘समुन्नत नेपाल भित्र मात्रै नेपाल आदिवासी जनजाती आन्दोलनले प्राप्त उपलब्धि समेटिन सक्छ। यस्तै नयाँ उपलब्धिहरू थपनि सक्छ। समृद्ध नेपालको आकाक्षं भित्र त्यसका लागि कुनै स्थान छैन। त्यो फुल्न सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।