फाइल तस्बिर
काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरु र कार्यदलका सदस्यहरुको सहभागी रहेको छ।
बैठकमा पार्टीको आन्तरिक विषयलगायत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनबारे छलफल भइरहेको जनाइएको छ।
त्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्नु अघि पार्टीको धारणा बनाउनका लागि पदाधिकारीसहितको बैठक बसिरहेको हो।
कार्यदलको बैठक आज सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।