काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ।
शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले बताएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन् ।
उपसभापति खड्काले साउन २१ गतेदेखि आफ्नो सम्पर्कमा रहेकालाई स्वास्थ्य मापदण्ड पालना गरेर सतर्कता अपनाउन आग्रह गरेका छन्। खड्कालाई केही महिना पहिले पनि कोरोना संक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।