• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितको मृत्युः कोभिडविरुद्ध खोप नलगाएका ७६ प्रतिशत

कमला गुरुङ सोमबार, साउन २३, २०७९  ०७:३३
1140x725

काठमाडौं- गत फागुन २७ गतेदेखि शून्यमा झरेको कोभिड मृत्युदर पुनः बढ्न थालेको छ। असार १ गतेबाट सुरु हुन थालेको मृत्युको शिलशिला रोकिएको छैन। कोरोना संक्रमणका कारण दैनिक एक या दुई जनाले ज्यान गुमाइ रहेको तथ्यांकले देखाएको छ। तेस्रो लहरमा भएको मृत्यु पश्चात चार महिनापछि असार १ गते पहिलो संक्रमितको मृत्यु भयो। 

मृत्यु भएकाको कारण विश्लेषण गर्दा अधिकांश खोप नलगाएका र दीर्घ रोगीहरु रहेको पाइएको छ। साउन १ देखि हालसम्म १९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए।

साउन १९ गतेसम्म मृत्यु भएकाको तथ्यांकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्लेषण गरेको छ। जसमा ७६ प्रतिशत अर्थात् मृत्यु भएका १७ जनामध्ये खोप लगाएकाको संख्या चार मात्र थियो। बाँकी १३ जनाले खोप लगाएका थिएनन्। 

मृतक व्यक्तिले खोप नलगाएका मात्र होइन उनीहरुमा एकभन्दा बढी दीर्घ रोगहरु पनि थिए। १७ मध्ये १२ जना मृत्यु भएको व्यक्तिहरुमा एक वा एकभन्दा बढी दीर्घ रोगहरु रहेको पाइएको थियो।  मृतक एक जना बाहेक अन्य सबैको उमेर थियो, ४९ वर्षभन्दा माथि। 

death pie chart1659923126.jpg

नेपालमा हालसम्म ११ हजार ९७१ जना जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन्। 

६० देखि ६९ वर्षका २ हजार ५०८, ७०–७९ वर्षका २ हजार ३८९, ५०–५९ का २ हजार ३०३, ४०–४९ का १ हजार ६६५, ८० वर्ष माथिका १ हजार ६३९, ३०–३९ वर्षका ९६५, २०–२९ वर्षका ३८१, १०–१९ वर्षका ५७, ९ वर्ष मुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 

स्वास्थ्य मन्त्रालयको यो विश्लेषणले पनि कोभिड खोप नलगाएका र दीर्घ रोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको पुष्टि गर्छ। हुन त विज्ञहरुले खोप नलगाएका र दीर्घ रोगीहरु कोरोनाको उच्च जोखिममा हुने गरेको बताउँदै आएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा खगेश्वर गेलालले खोप नलगाएका व्यक्तिहरुमा मृत्युदर बढी देखिएको बताए। खोप नलगाएका र दीर्घ रोगीहरु कोरोनाको उच्च जोखिममा भएकाले खोप लगाउन उनको सुझाव छ। 

corona death chart saun1659923294.jpg

नेपालमा हालसम्म पूर्ण खोप लगाउनेको संख्या ७० दशमलव ७ प्रतिशत अर्थात् २ करोड ६२ लाख ६ हजार ४९४ पुगेको छ। बाँकी ३० प्रतिशतले अझै पनि कोरोना पूर्ण खोप लगाउन बाँकी छ। डा गेलालका अनुसार ७५ प्रतिशतले अझै कोभिड १९ को बुस्टर डोज लगाएका छैनन्।  

घट्दो परीक्षण बढ्दो सक्रिय संक्रमित
साउन १ गते उकालो लाग्न थालेको कोरोनाको ग्राफ झन् माथि जाँदैछ। दैनिक भेटिने संक्रमितसँगै सक्रिय संक्रमितको संख्या बढ्दो छ। साउन १४ गतेसम्म पाँच सय आसपासमा घुमिरहेको संक्रमितको संख्या हाल एक हजार नजिक पुग्ने गरेको छ। कोरोना संक्रमणदर पनि करिब १५ प्रतिशत छ।

संक्रमितको संख्या दैनिक बढीरहेपनि परीक्षणको दर भने बढ्न सकेको छैन। तथ्यांकमा देखिएका संक्रमितको यी संख्याहरु स्वतः परीक्षण गर्न आउनेहरुको मात्र हुन्। इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा गेलाल कोभिड १९ को परीक्षण अपेक्षा गरे अनुसारको नभएको स्वीकार्छन्।

भन्छन्, ‘जनसमुदाय स्तरमा जनस्वास्थ्यका मापदण्डको पालना घट्दो छ। तर कोरोना संक्रमण अहिले बढीरहेको छ। मानिसहरु स्वतः परीक्षण गर्न आउनेहरुमा देखिएको संक्रमण हो यो। अझै पनि कोभिड १९ को परीक्षण अपेक्षा अनुसार हुन सकेको छैन।’

अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्ने अनुमान गरेको छ। मन्त्रालयका प्रवक्ता डा समीर कुमार अधिकारीले अब दुई हप्तामा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने बताए। 
‘अबको दुई हप्ता कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने हाम्रो अनुमान हो,’ प्रवक्ता अधिकारीले भने। 

corona data saun1659923174.jpg

कोरोना संक्रमणको अवस्थालाई नजिकबाट नियालिरहेका भाइरोलोजिस्ट डा सन्तोष दुलाल पनि अबको दुई/तीन हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्ने बताउँछन्। संक्रमणको अवस्था हाल मध्यम अवस्थामा भएपनि अबको दुई/तीन हप्ता चुनौतीपूर्ण हुन सक्ने उनको अनुमान छ। यो अवधिमा खोप नलगाएका, दीर्घ रोगी, रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरु बढी सर्तक हुन आवश्यक रहेको उनले बताए। 

उनले भने, ‘पहिले र भारतको अवस्था हेर्दा अबको दुई/तीन हप्ता चुनौतीपूर्ण हुन सक्छ। संक्रमणको अवस्था उत्कर्षमा पुग्न सक्छ। तर त्यसपछि भने संक्रमण विस्तारै घट्न सक्छ। धेरै व्यक्तिहरु परीक्षण जाँदैनन्। घरभित्रै बसेका छन्।’

नजिकिदो चाडपर्वले पनि कोरोना संक्रमणको जोखिम बढाउन सक्ने उनले बताए। चाडपर्वमा सामाजिक दूरी कायम नहुने, भीडभाड हुने भएकाले संक्रमण फैलिने संभावना बढेर जाने उनले बताए। 

खोपले घटाउँछ जोखिम
खोप नलगाएका व्यक्तिहरुमा मृत्यु हुने संभावना बढी देखिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओ नेपालका मेडिकल अफिसर डा विनोद बुराले बताए। हालसम्म डब्लुएचओले कोभिड १९ विरुद्ध ११ वटा खोपलाई स्वीकृति दिएको र सबै सुरक्षित रहेको बताए। 

उनले भने, ‘यी सबै खोपहरु सुरक्षित छन्। त्यसैले ढुक्क भएर आउन आग्रह गर्छौं। उपलब्धताको आधारमा बुस्टर डोजको पहुँच बढाउन पनि आवश्यक छ।’

कोभिड-१९ विरुद्ध खोपको पहिलो डोज लगाएपछि गम्भीर रोग र मृत्युबाट ६५ प्रतिशतभन्दा बढी र बुस्टर डोजपछि ८५ प्रतिशतभन्दा बढी सुरक्षा दिने डा बुराले बताए। तर ६ महिनापछि भने खोपको प्रभावकारी घट्दै जाने उनले बताए। यो सँगै गम्भीर खालको बिरामी हुनबाट बचाउनुका साथै अस्पताल भर्ना हुने र मृत्यु हुने संभावना घटाउने उनले जानकारी दिए। 

नेपालमा अहिले पनि ओमिक्रोन भेरियन्ट नै बढी देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका नेशनल प्रोफेसनल अफिसर एन्टीमाइक्रोयिबल रेसिस्टेन्स एण्ड ल्याब्रोटोरीकी डा पल्पसा तुलाधर कंसाकारले बताइन्। हालसम्म नेपालमा पाँच हजारभन्दा बढी जीन सिक्वेन्सिङ भइसकेको उनले बताइन्। जुन तारिखमा बीएफाइभ भेरियन्ट देखिएपनि हाल बीएटु देखिन थालेको उनले जानकारी दिइन्। 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ०७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जीतपुर बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित
कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता
रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जीतपुर बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित शुक्रबार, भदौ ५, २०८३
कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता शुक्रबार, भदौ ५, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल शुक्रबार, भदौ ५, २०८३
वर्षाका कारण ९ सडकखण्डमा यातायात प्रभावित शुक्रबार, भदौ ५, २०८३
शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री पोखरेल धनगढी आउँदै शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्