काठमाडौं– मेटलाईफले गत हप्ता ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको थियो।
जसमा सहभागी ६०० जनाले बिभिन्न बीमालेखका फाइदाहरुबारे जान्ने मौका पाएका थिए। नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमसञ्चालन गरिएको थियो।
यस विशेष बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपतकालीन रणनीति विकास गर्न मद्दत गर्ने कम्पनीले दाबी गरेको छ।
जीवन बीमा उनीहरूका आपतकालीन समयको लागि एक्दम महत्त्वपूर्ण रहेको र त्यसले अप्रत्याशित परिस्थितिहरू जस्तै प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लागेको खण्डमा उनीहरूको परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।