काठमाडौं– सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म ‘लाखे’को प्रदर्शन मिति फेरिएको छ। यसअघि भदौ ३१ मा प्रदर्शन हुने घोषणा भएको फिल्मको प्राविधिक काम बाँकी भएको भन्दै निर्माण पक्षले यसको प्रदर्शन मिति सारेको हो।
फिल्मको निर्माण पक्षकाअनुसार अब फिल्म कात्तिक ११ गतेबाट प्रदर्शनमा आउनेछ। फिल्मका केही प्राविधिक कामहरु भारतमा हुने र त्यसका लागि थप केही समय आवश्यक भएकाले फिल्मको प्रदर्शनलाई सारिएको फिल्मका निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन्।
सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य अभिनय रहेको यो फिल्म सस्पेन्स थ्रिलर फिल्म हो।
बदलाको कथालाई समेटिएको यो फिल्ममा उल्लेखित कलाकारसँगै वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्रकार, रोहित रुम्बा, सञ्जोग रानालगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मलाई औरियन प्रोडक्सन तथा ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा निर्माण गरिएको हो। फिलमलाई हरि हल्ल ठकुरीले निर्माण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।