काठमाडौं– हेरिटेज समूहले आफ्ना नयाँ योजना सार्वजनिक गरेको छ।
झण्डै दुई दशकअगाडि देशमै पहिलोपटक कोयर म्याट्रेसको उत्पादनका लागि नयाँ प्रविधि भित्र्याएर आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेलेको हेरिटेज म्याट्रेसले आफूले प्रयोग गर्ने प्रविधिको निरन्तर अद्यावधिक गर्दै आएको छ।
हेरिटेज म्याट्रेसले नविनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्डेड म्याटे«स नेपाली बजारमा ल्याउन लागेको हो।
अर्थोपेडिक डाक्टरले आफ्ना बिरामीहरुलाई आवश्यकता अनुरुप रिफर गर्ने अर्थो डक्टर म्याट्रेस र सामान्य ब्याक पेन हुने र अलिक साह्रो ओच्छ्यानमा सुत्न मनपराउनेहरुका लागि बोण्डेड म्याट्रेटको उल्लेख्य माग नेपाली बजारमा रहेकाले नयाँ उत्पादन ल्याउन लागिएको कम्पनीले बताएको छ।
हेरिटेज समूहले गुणस्तरीय कार्पेट उत्पादनमार्फत् वैदेशिक मुद्रा सञ्चितीमा ठूलो भूमिका खेलेको दाबी गरेको छ।
वार्षिक दश लाख मिटर कार्पेट उत्पादन क्षमता रहेको अत्याधुनिक उद्योगमार्फत् भेलर तथा रिब्ड कार्पेट उत्पादन गरिरहेको यस उद्योगले निकट भविष्यमा टपटि–ग्राफिक्स कार्पेट उत्पादनको योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।