• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कहिलेसम्म सहज रुपमा पाइएला बैंकबाट ऋण? 

64x64
सुमित्रा कार्की आइतबार, साउन २२, २०७९  १५:३१
1140x725

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का भीमप्रसाद दुलालले कृषि फर्म सञ्चालनका लागि कृषि विकास बैंक समक्ष ऋणको लागि आवश्यक विवरण बुझाए। उनले आफ्नो कृषि फर्मको नवीकरणदेखि करचुक्ता तथा योजनासहितको विवरण बनाएर कृषि विकास बैंक मेलम्ची शाखामा पेस गरे।

बैंकका म्यानेजरहरुले केही दिनभित्र ऋण प्रवाह हुने जानकारी गराए। बैंकका कर्मचारीहरु उनको फर्मसम्म स्थलगत अध्ययनका लागि पनि पुगे। अध्ययनपछि ऋण लागनीको फाइल पनि तयार भयो। तर, एक्कासी सुरु भएको तरलता अभाव भन्दै बैंकले ऋण दिएन। आफ्नो कृषि फर्म विस्तारका लागि सबै तयारी गरिसक्दा बैंकले यस्तो जानकारी दिएपछि उनी अन्योलमा परे। 

गत साउनमा उनी केही दिनका कारण ऋण लिनबाट वञ्चित भएका थिए। विवरण बुझाएको एक वर्षसम्म पनि ऋण नपाउँदा समस्यामा परेको दुलालले बताए। 

गत वर्ष असारमा हेलम्बु भ्रेमाथाङ पहिरोका कारण समस्यामा परेर लगानीका लागि ऋण लिन लागेका उनी बैंकको तरलता अभावले झन् मारमा परे।  

इन्द्रावती गाउँपालिका–४ का अर्जुनप्रसाद दाहालले कृषि कर्जाका लागि नेपाल बैंक लिमिटेडको मेलम्ची शाखामा सबै विवरण बुझाए। उनले आफ्नो पुर्ख्यौली सम्पत्ति राखेर कृषि कर्जामार्फत् केही व्यवसाय गर्न भन्दै ऋणको आवेदन दिएका थिए।

बैंकका कर्मचारीहरुले केहीदिन भित्र ऋण जारी हुने पनि बताएका थिए। तर एक्कासी तरलता अभाव भएको भन्दै स्वीकृत भएको ऋण उनले पाएनन्। उनी बैंकको यो निर्णयसँगै निकै अप्ठ्यारो परेको बताउँछन्। 

बैंकले ऋण दिने आसमा उनले केही काम सुरु गरे। तर, एक वर्ष भइसक्दा पनि स्वीकृत भएको ऋण लगानी गर्न सक्ने जानकारी बैंकबाट नआउँदा आफू बाहिरबाट चक्रिय व्याजमा निर्भर हुनु परेको दाहालले बताए। दुलालले पनि लगानीका लागि बैंक भन्दा बाहिरकै पैसाको भर पर्नुपर्दा निकै महँगो ब्याज तिर्नु परेको बताए। 

ब्याजदर महँगो भएको कारण व्यवसाय विस्तारका लागि समस्या भएको उनी बताउँछन्। उनीहरु हरेक साता बैंकले गर्ने लगानी गर्ने बारेमा प्रश्न सोध्न पुग्छन्। बैंकले उनीहरुलाई  जवाफ दिन्छ, ‘तपाईंहरुलाई खबर गर्छौं’ तर उक्त खबर भने अहिलेसम्म नआउँदा समस्या परेको उनी बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बाजुरा बडिमालिका नगरपालिकाका गोपाल खड्काले अघिल्लो वर्ष निर्माण कम्पनीका लागि सेन्चुरी बैंक  लिमिटेडबाट ऋण लिनका लागि प्रक्रिया सुरु गरे। उनले यस प्रयोजनको लागि बैंकबाट ऋण नपाउने भएपछि कृषिफर्मका लागि प्रक्रिया थाले। तर उक्त कामका लागि पनि उनले बैंकबाट ऋण पाएनन्। बैंकमा तरलता अभाव सुरु भइसकेकाले ठूलो रकम ऋण लगानी गर्न नसकिने जवाफ बैंकले दियो। 

बैंकको जवाफपछि उनले सानो रकम भए पनि निकाल्ने भन्दै व्यक्तिगत कर्जाका लागि प्रयास गरे। 
आफूलाई आवश्यक हुने ऋणको निवेदन, आफ्नो आम्दानी र व्यवसायी योजना पनि बुझाए। गाउँमा व्यवसाय गर्ने मनसाय बोकेर उनले उक्त प्रक्रिया थालेका थिए।  बैंकका कर्मचारीहरुले खड्काको व्यवसायको प्रस्ताव स्वीकार गर्दै ऋण लगानी गर्ने जानकारी पनि दिए। यो लगत्तै उनी उत्साही भएर व्यवसायमा अघि बढे। 

तर, तरलता अभाव भएको भन्दै बैंकले उक्त ऋण दिन नसक्ने जानकारी गरायो। यससँगै उनी अन्योलमा परे। 

एक वर्षसम्म कुर्दा पनि बैंकबाट ऋण पाउने विश्वास नभएपछि अहिले खड्का हरेक दिन बैंक धाउने गरेका छन्। केही रकम पाउने आस उनलाई बैंकले देखाएको छ। करिब एक वर्ष बैंकबाट ऋण कहिले पाइएला भन्दै धाउँदैमा उनको दिन बित्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माथि उल्लेखित विवरण उदाहारण मात्र हो। अहिले बैंकमा सबै प्रक्रिया पूरा गरेर पनि ऋण नपाउने व्यक्तिहरु धेरै छन्। गत आर्थिक वर्ष २०७८/८९को सुरुवातमा देखिएको आर्थिक संकट र तरलता संकट लगायतको समस्याले केही गर्छु भन्नेहरुलाई बञ्चित बनाएको छ। जसले गर्दा सरकारले चालु आर्थिक वर्षमा राखेको उत्पादनको लक्ष भेट्न पनि कठिन अवस्था आउने देखिन्छ। 

कहिले पाइन्छ सहज रुपमा ऋण? 
बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायका अनुसार अहिले पनि बजारमा तरलताको संकुचन रहेको छ। जसले गर्दा तत्कालै तरलता अभावको समस्या समाधान हुने देखिदैन। 

‘बैंकरले यस्तो समस्या आजको भोलि नै समाधान होस् भनेर चाहेको हुन्छ। यो समस्या समाधान गर्न बजारमा पैसा आउनुपर्‍यो। बजारमा पैसा आउनको लागि आर्थिक गतिबिधिहरु चलाएमान हुनुपर्‍यो’, उनी भन्छन्, ‘त्यसको लागि हाम्रो पर्यटक आउनेक्रम बढ्नुपर्‍यो। यसैगरी, रेमिट्यान्स पनि बढ्नु पर्‍यो वा सरकारको खर्च बढ्नु पर्‍यो। यस्तो कुरामा सुधार हुनासाथ तरलताको अवस्था सहज हुन्छ र बजारमा साना देखि ठूला ऋणीले सहजै रुपमा ऋण लिएर व्यापार व्यवसाय गर्न सक्छन्।’ 

अहिले पनि तरलता संकुचन यथावत् रहेको छ। यसले गर्दा कतिपय बैंकहरुलाई ऋण दिनको लागि अप्ठ्यारो अवस्था रहेको छ। तरलता सहज भएको भए अहिले निक्षेप घट्ने थिएन। केही समयमा नै १०० अर्बको हाराहारीमा बैंकहरुको निक्षेप घटिरको उनको भनाइ छ। अहिले जोखिमको अवस्थाको कारण यस्तो समयमा काम गर्न पनि कठिन अवस्था रहेको उपाध्याय बताउँछन्।   ‘ऋण दिनलाई कतिपय बैंकमा समस्या नहोला तर, अधिकांश बैंकमा अहिलेको समस्याले गाँजेको छ। यसकारण पनि हामीले ब्याजदर धेरै बढाएर कष्टमात्र बढ्ने हो। अहिलेको अवस्थामा आउने पैसा त बढदैन्’ उनी भन्छन्। 

बैंकिङ क्षेत्र र व्यवसायिक दुवै क्षेत्र समस्यमा रहेको कारण राष्ट्र बैंकको निर्देशनपछि पनि बैंकहरुले ऋणको ब्याजदर साउन महिनाभरको लागि नबढाउने निर्णय गरेको उनी बताउँछन्।  नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेल भन्छन्, ‘अहिलेको अवस्थामा पहिले जस्तो सहजै ऋण आउने अवस्था छैन। यसकारण साना तथा ठूला ऋणी दुबैले सबै प्रक्रिया पूरा गर्दा पनि ऋण नपाएको हुनसक्छ। त्यो पनि कर्मसियल बैंकअनुसार हुन्छ। कुनै बैंकले सहज रुपमा कर्जा प्रवाह पनि गरिहेका होलान्। कुनै बैंकमा अप्ठयारो अवस्था होला।’  

राष्ट्र बैंकको भनाइ अनुसार पनि अहिले नै बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या समाधान हुने अवस्था छैन। त्यो बैंक अनुसार बैंकमा निर्भर हुने कुरा हो। साउन १९ गतेसम्मको अवस्था हेर्ने हो भने बैंकिङ क्षेत्रमा १७ अर्ब रुपैयाँ बराबरको लगानी योग्य रकम रहेको छ। बैंकहरुसँग भएको लगानी योग्य रकमको घट्ने क्रम रहेको छ।  साउन एक गते ४४ अर्ब रुपैयाँ भएको तरलता साउन दुई गते १५ अर्ब रुपैयाँ, साउनको ३ गते ५१ अर्ब गरेर साउनमा एभरेजमा १७ अर्ब रुपैयाँ बराबरको लगानी योग्य रकम देखिएको छ।  

असहज तरलता हुनु भनेको अधिक तरलता म्यूट हुनु हो। तर, हामी कहाँ त्यस्तो अवस्था भने नआएको अर्थविदहरुको भनाइ छ। मौद्रिक नीतिले पनि लगानी योग्य रकमलाई संकुचन नै गरेको छ। राष्ट्र बैंकले नगद रिर्जभ अनुपात (सिआरआर रेसियो) एक प्रतिशतले बढाएको छ। वैधानिक तरलता अनुपान (एसएलआर रेसियो) पनि बढाएको छ। नेपाल राष्ट्र बैंकले गरेको अर्धवार्षिक समीक्षसम्म पाँच प्रतिशत रहेको अन्तर बैंक ब्याजदर अहिले ८.५० प्रतिशतसम्म पुगेको छ। यी सबै कुराले बजारमा कर्जा प्रवाह संकुचन भएको छ। बजारमा कर्जा संकुचन बनाउने राष्ट्र बैंकको उदेश्य भनेको विदेशी मुद्रा सञ्चिति घट्नु नदिनु र ब्यापार घाटा कम गर्नु हो। यसले आन्तिरक मागलाई बढाउनु वा उत्पादन बढाउन मदत पनि पुर्‍याउने हुन्छ। यो अवस्था कहिलेसम्म रहन्छ भनेर यकिनका साथ भन्न सकिँदैन।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्