काठमाडौं– नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायालयमा विचौलिया प्रवेश गराएका कारण महाअभियोग प्रस्ताव ल्याइएको दाबी गरेकी छन्।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा सांसद पन्तले न्यायपालिकालाई स्वतन्त्र बनाउनका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपरेको दाबी गरेकी हुन्।
उनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्रता, सक्षम, निश्पक्ष, जिम्मेवार न्यायपालिकाको जर्गेना नगर्न नसकेको र विकृति, विसंगति, भ्रष्टाचार एवम् अवैध सम्पत्ति आर्जन गर्ने/गराउने कार्यमा जबरा संलग्न भएकाले प्रस्ताव ल्याउनुपरेको उल्लेख गरिन्।
'न्यायिक र नैतिक विचलन एवम् कार्यक्षमता नभएको व्यक्तिलाई सर्वाेच्च अदालतजस्तो गरिमामय एवम् निष्पक्ष र स्वतन्त्र न्याय दिने निकायमा कसरी राख्न सकिन्छ?' डा संग्रौलाले प्रश्न गरिन्। ' सत्ता पक्ष र प्रतिपक्ष नभनेर सबैले यो प्रस्तावको पक्षमा समर्थन गर्नुपर्छ, तब मात्र यस्ता प्रवृत्तिको पुनरावृत्ति हुँदैन,' उनले भनिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।