काठमाडौं– नेपाली कांग्रेसकी सांसद् डिला संग्रौला पन्तले नेपालको संविधानमा एक चौथाई सांसदहरुले महाअभियोगको प्रस्ताव ल्याउन मिल्ने भएकाले आफूहरुले उक्त प्रस्ताव संसदमा ल्याएको बताएकी छन्।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसद पन्तले स्वतन्त्र, निष्पक्ष र जवाफदेही न्यायपालिकाको परिकल्पना संविधानले गरेको उल्लेख गरिन्।
सोही परिकल्पना अनुसार संवैधानिक निकायले न्यायनिरुपण गर्दा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्तको आधारमा न्याय निरुपण गर्नुपर्ने बताइन्।
संविधानको भावना विपरित स्वेछिक ढंगले न्यायपालिकालाई ध्वस्त पार्ने प्रधानन्यायाधीशको क्रियाकलापले गर्दा उनीमाथि महाअभियोगको प्रस्ताव ल्याएको दाबी गरिन्। उनले सर्वोच्चमा जबराले विचौलियाको प्रवेश गराएको विकृति, विसंगति मौलाएको लगायतका आरोप लगाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।