काठमाडौं– नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समितिको प्रतिवेदन अपुरो भएको बताएका छन्। आफैं सदस्य रहेको समितिको प्रतिबेदन अनुसन्धानको अंग पूरा नभई बहुमतको आधारमा बनाइएको उनको भनाइ छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा ज्ञवालीले अर्थमन्त्रालयमा अहिले सचिवमा कोही जान नमानिरहेको टिप्पणी गरे। 'अर्थ मन्त्रालयमा अर्थसचिवको रूपमा कोही जान मानिरहेका छैनन्। राजस्व सचिवलाई नै अर्थसचिवको जिम्मेवारी दिइएको छ। कुनै बेला त्यहाँ सचिवहरु जान हानथाप हुन्थ्यो तर सरकारको गतिविधिका कारणले कर्मचारी सरुवा माग्नेदेखि जानै नमान्ने अवस्था छ’ उनले भने।
देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्दा समेत सरकार मौन बसेको टिप्पणी गरे। करका दर हेरफेर गरेको परिणाम पछिल्लो समय अर्थतन्त्रमा देखिएको दाबी गरे।
उनले अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै यसले प्रधानमन्त्रीलाई पोल्दैन भन्दै प्रश्न गरे।
'छानबिन समितिमा अल्पमत र बहुमत भयो, तथ्यमा आधारित हुन सकेन। अर्थतन्त्र गम्भीर अवस्थामा छ। अर्थमन्त्रीले गभर्नरमाथि हस्तेक्षप गर्नुहुन्न। कर्मचारी बस्न मिल्दैन। प्रधानमन्त्रीज्यूलाई पोल्दैन?' उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।