काठमाडौं- पाँच दिने जापान भ्रमणका क्रममा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हिरोसिमा पुगेका छन्।
नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा पुगेका प्रचण्ड आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकनका लागि आइतबार बिहान पुगेका हुन्।
अगस्ट ६ (शनिबार) हिरोसिमा घटना भएको ७५ पूरा भएको थियो।

७५ वर्षअघि अमेरिकाले अगस्ट ६ को दिन बिहान ८:१५ मा 'इनोला गे' नामक अमेरिकी बी-२९ विमानबाट 'लिटल बोइ' नामक आणुबम हिरोसिमामा खसालेको थियो।
हिरोसिमाका ६० प्रतिशतभन्दा बढी भवनहरू त्यस क्रममा ध्वस्त भएका थिए। हिरोशिमाका ३ लाख ५० हजार जनसंख्यामध्ये १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो। स्मारकमा प्रचण्डले त्यतिबेलाका विभिन्न घटनाबारेका तस्बिर र सामग्रीहरुको अवलोकन गरेका थिए।

प्रचण्ड आजै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।