काठमाडाैं-नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी लाल मोहर यादव र नागेश्वर थारूले भारतमा आयोजना हुने प्रो कबड्डी खेल्ने भएका छन्।
प्रो कबड्डीको नयाँ सिजनका लागि भारतमा शनिबार भएको अक्सनबाट लाल र नागेश्वर बिक्री भएका हुन्। लाल र नागेश्वरलाई बैंगलुरू बुल्सले अनुबन्ध गरेको हो।
अक्सनको 'सी' श्रेणीमा रहेका लाल र नागेश्वरलाई बैंगलुरूले समान १०/१० लाख भारूमा क्लबमा भित्र्याएको हो। लालले यसअघि पनि बैंगलुरुबाट खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।