काठमाडौं– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवा जनशक्तिलाई नेपालमै रोक्नुपर्ने बताएका छन्।
पछिल्लो समय युवाहरु विदेशिने क्रम बढिरहेको तर्फ इंगित गर्दै मन्त्री गहतराजले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरीरहेको बताएका हुन्।
राष्ट्रिय युवा परिषद् अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्केका युवाहरुको अवस्था, समस्या र सम्भाव्यता’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री गहतराजले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोजगार र उत्पादनमा जोड्नुपर्ने बताए।
उनले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले विदेशमा सिकेको सीप नेपालमा सदुपयोग गर्न युवाहरुलाई आग्रहसमेत गरे।
विभिन्न कालखण्डमा परिस्थितिवश विदेशिएका युवाहरुलाई स्वदेशमै फर्कने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री गहतराजले विदेशमा सिकेको सीपलाई नेपालमै सदुपयोग गर्न युवाहरुलाई आग्रह गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।