काठमाडौं- नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जापान प्रस्थान गरेका छन्।
शुक्रबार राति प्रचण्डको बिदाइका लागि माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन लगायतका विमानस्थल पुगेका थिए।
नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन उनी वायुसेवा निगमको जहाज मार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने छन्। अगस्ट ६(शनिबार) मा हिरोसिमा घटना भएको ७५ पूरा हुन्छ।
आइतबार प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने छन् भने सोही दिन नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच 'समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने छन्।
जापानमा रहँदा जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूँग भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।