मन्थली- राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा भैरहेको ब्रह्मलुटको अन्त्यका लागि आगामी निर्वाचनमा राप्रपा नेपाल रोज्नु पर्ने बताएका छन्।
रामेछापको मन्थलीमा शुक्रबार आयोजित जिल्ला समितिको विस्तारित बैठकमा महामन्त्री बर्तौलाले मुलुकमा परिवर्तन गर्छौं, समृद्धि ल्याउछौं भन्नेहरु भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको आरोप लगाए।
भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन र बेरोजगारी समस्याको जालो तोड्न जनताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो। विदेशी शक्ति खुशी पारेर नेपाली जनता माथि शासन गर्ने आत्मसमर्पणवादी मानसिकता नेपाली नेताहरुमा हावी भएकोले त्यसको अन्त्य अहिलेको प्रमुख आवश्यकता रहेको बर्तौलाको कथन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।