काठमाडौं- थाइल्यण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागिमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्।
आगालागिमा परी अरु १२ भन्दा बढी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
घाइते मध्ये नौ पुरुष र चार महिला रहेका छन्। उनीहरु सबै थाइल्याण्डकै नागरिक रहेको जनाइएको छ।
घटना भएको थाहा पाउना साथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ताहरु घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए।
घटनास्थलबाट उद्धारकर्ताहरुले १८ जनालाई उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाका बारेमा थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।