काठमाडौं– चीन सरकारको चेतावानीकाविरुद्ध अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग रहेका ८ वटा सम्झौताहरू रद्द गरेको छ।
शुक्रबार चीनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको उल्लेख गरेको हो।
‘चीनको कडा विरोध र गम्भीर प्रतिनिधित्वलाई बेवास्ता गर्दै अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गरेकोले उक्त भ्रमणको जवाफमा परराष्ट्र मन्त्रालयले निम्न प्रतिवादको घोषणा गर्दछ,’ विदेश मन्त्रालयले भनेको छ।
विदेश मन्त्रालयले ८ वटा बुँदामा रद्द र निलम्बन गरिएका सम्झौताहरु उल्लेख गरेको छ।
पहिलोः चीन र अमेरिकाबीच हुने थिएटर कमाण्डरहरूको छलफल रद्द गरिएको छ।
दोस्रोः चीन र अमेरिकाबीच हुने रक्षा नीति समन्वय वार्ता रद्द गरिएको छ।
तेस्रोः चीन र अमेरिकाबीच रहेको सामुद्रिक सैन्य परामर्श सम्झौता तथा बैठकहरू रद्द गरिएको छ।
चौथोः चीन–अमेरिकाले गर्दै आएको गैरकानुनी आप्रवासीहरूको स्वदेश फिर्ता सहयोग कार्य निलम्बन गरिएको छ।
पाँचौंः चीन–अमेरिकाबीच रहेको आपराधिक मामिलामा कानुनी सहायता सहयोग निलम्बन गरिएको छ।
छैठौं: चीन र अमेरिकाबीच रहेको अन्तर्राष्ट्रिय अपराधविरुद्धका सहकार्य निलम्बन गरिएको छ।
सातौंः चीन र अमेरिकाबीच रहेको दूर्व्यशनविरुद्धको सहकार्य निलम्बन गरिएको छ।
आठौं: चीन र अमेरिकाबीच जलवायु परिवर्तनको बारेको छलफल निलम्बन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।