काठमाडौं– प्रशिद्ध इलेक्ट्रोनिक सामग्री उत्पादन कम्पनी नोकियाले साउन २० गते फिनल्यान्ड दूतावाससँगको सहकार्यमा ‘नोकिया नेपाल इनोभेसन डे– २०२२’ आयोजना गर्ने भएको छ।
आफ्नो उत्पादनको गुणस्तरका साथै नेपालमा त्यसको उपयोगिताबारे छलफल गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो।
विसं २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थिति गरेको थियो। हालसम्म नेपालका १० लाख भन्दा परिवारमा आफ्ना ग्राहक अपरेटरहरुमार्फत् उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्याउन सफल भएको नोकियाले दाबी गरेको छ।
नेपाललाई फाइभ जी युगको लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य नोकियाले लिएको बताएको छ।
नोकिया नेपाल इनोभेसन डे कार्यक्रममा नोकियाले आवश्यकतालाई सम्बोधन गर्न र त्यसका साथै अभूतपूर्व स्तरमा मानिसहरु, व्यवसाय र मेसिनरीहरुलाई निर्वाध रुपमा जडान गर्न, नयाँ सेवाहरु विस्तार गर्ने र राजस्व चलाउने तरिकाहरु अन्वेषण गर्न विषय विज्ञहरुलाई बोलाइएको छ।
पहिलेभन्दा अझ छिटो, धेरै मात्रामा फलदायी रुपमा जडान गर्ने फ्यूचर–प्रुफ ब्रोडब्यान्ड नेटवर्क कसरी सिर्जना गर्ने भन्ने कुरामा नेपालका दूर सञ्चार संचालकहरुले लाभ लिन सक्ने नोकियाले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।