काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचन सत्ता गठबन्धनले जितेमा पाँच वर्षभित्र लोकतन्त्र नै समाप्त हुने दाबी गरेका छन्।
उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।
‘सत्ता गठबन्धनले निर्वाचन जितेमा लोकतन्त्र नै रहन्छ कि रहदैन भन्ने देखियो,’ उनले भने, ‘अहिले शक्ति राष्ट्रका कस्ता वक्तव्य आएका छन्। यसले नेपाललाई अस्वथ्य क्रियास्थल बनाउने देखिएको छ।’
उनले यही कारण एमालेले निर्वाचन जित्नुपर्ने दाबी गर्दै यसमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए। उनले देश बनाउनका लागि पनि एमालेले जित्नुपर्ने दाबी गरे।
प्रशासकहरु अब सबै नाङ्गै भएको अध्यक्ष ओलीले आरोप लगाए। ‘सीडियोहरुले म कांग्रेस हुँ तपाईंहरुलाई थाहा नै छ भनेरसमेत भन्ने गरेका छन्। यस्तो निर्लज्जता सत्ता गठबन्धनले प्रस्तुत गरेको छ’, उनले आरोप लगाए।
उनले अर्थमन्त्री जनार्दन शर्मालाई पुन: नियुक्ती गरेर जे गरे पनि हुन्छ भन्ने घमण्ड सत्ता गठबन्धनले देखाएको बताए।
‘भ्रष्टाचार यहाँसम्म कि बाहिरका मानिस, व्यापारीका मानिस राखेर करको दर परिर्वतन गरिन्छ। अनि सीसीटीभी पहिला दिन्नँ भनिन्छ अनि मेटाइन्छ,’ उनले भने, ‘बहुमत राखेर कसरी निष्पक्ष निर्णय हुन्छ? प्रहरीलाई रिकभरको जिम्मा दिए कसरी हुन्छ? उसले निष्पक्ष भएर काम गर्छ? फरेन्सिकले कहाँ निष्पक्ष रिर्पोट आयो?’
फेरी त्यही आरोप लागेको व्यक्तिलाई मन्त्री बनाएर हामी जे पनि गर्छौं भनेर सत्ता गठबन्धन अघि बढेको ओलीको भनाइ छ।
उनले एमाले जित्दा देश जित्ने नत्र देश हार्ने दाबी गरे। अरु पार्टीमा पनि फलोनो म्याडमलाई मात्र जिताउन नभई लोकतन्त्रका लागि पनि लडेका मानिस भएकाले उनीहरुलाई देशका लागि भन्न र मनाउन कार्यकर्तालाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।