काठमााडौं– नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने सहमति गरेको छ। संघको शुक्रबार बसेको बैठकले अहिलेको लागि ब्याजदर यथावत राख्ने सहमति भएको हो।
साउन महिनामा ब्याजदर परिवर्तन गर्न मिल्ने भए पनि यो महिना बैंकहरुले ब्याजदर यथावत राख्ने सहमति भएको बैंकर संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिए।
नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो। राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर साढे ८ प्रतिशत बनाएको छ।
यस्तै एकीकृत निर्देशिकामा संस्थागत तर्फ मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।