काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा परराष्ट्रमन्त्री नारायण खड्का तीन दिन चीन भ्रमणमा जाने भएका छन्।
शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्री खड्काको चीन भ्रमणबारे जानकारी गराएको हो। परराष्ट्रमन्त्री खड्काले साउन २४ देखि साउन २६ सम्म चीन भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
मन्त्री खड्काले चिनियाँ समकक्षी यी सँग साउन २५ गते वीङ्दावमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटमा दुई देशको हित र सम्बन्धबारे छलफल हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
मन्त्री खड्काको सम्मानमा चिनियाँ समकक्षीले साउन २५ गते आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्री खड्का २६ साउनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।