काठमाडौं–नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ प्रविधिबाट ल्याउने तयारी भइरहेको आईपीओ निस्कासन प्रक्रिया व्यवस्थित हुने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) बिहीबार काठमाडौंमा गरेको ‘पुँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा हमालले यस्तो बताएका हुन्।
‘बुक बिल्डिङमा हिजोका दिनमा जस्तो दुर्घटना हुँदैन, यो विषयमा बोर्ड सचेत छ, प्रणाली स्वच्छ र पारदर्शी रुपमा ल्याउने, थप दुर्घटना नहुने गरी हामी काम गर्छौं,’ उनले भने।
हमालले केही समयमै ठूला कम्पनीहरुमा सर्वसाधारणको हिस्सा हुने गरि बुक बिल्डिङबाट आइपीओ आउँछ उल्लेख गरे। सरकारले बजेटमार्फत् नै रियल स्टेट क्षेत्रलाई पुँजी बजारमा ल्याउन लगानीलाई वर्गीकरण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।