काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउन माग गरेका छन्।
उनले बिहीबार स्वास्थ्यमन्त्री भवानी खापुङसँग भेटेर उक्त माग गरेका हुन्। स्वाथ्य बीमा सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति–पूर्वाधार व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन लगायतका विषय आफूले मन्त्रीसँग राखेको थापाले बताए।
स्वास्थ्य बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको रू तीन हजार ५०० बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क गर्न पाउँछन्।
पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रू ७०० थप बुझाउनुपर्दछ। पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ। २०७२ सालबाट स्वास्थ्य बीमा लागू भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।