काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।
यही अवधिमा ३३४ संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।
हाल देशभर ५६०२ सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।