काठमाडौं– प्रधानमन्त्री भएको एक वर्ष पछाडि प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गरेका छन्।
जलस्रोत मामिलाका जानकार सुवेदी भू–राजनीतिमा पनि उत्तिकै दख्खल राख्छन्।
धनकुटामा जन्मिएका सुवेदीले झन्डै आधा दर्जन पुस्तकहरु लेखेका छन्। संसदमा अमेरिकी सहायता परियोजना, एमसीसी, को पक्ष र विपक्षमा बहस भैरहंदा उनले उक्त परियोजनाको खुलेर समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।