• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ज्योतिषमा विश्वास गर्ने देउवाले निर्वाचनका लागि रोजे उत्पतिका एकादशी

64x64
नेपाल लाइभ बिहीबार, साउन १९, २०७९  १५:००
1140x725

काठमाडौं- सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। कांग्रेसका एक नेताका अनुसार ज्योतिषमा विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पतिका एकादशी शासकका लागि शुभ हुने भएकाले रोजेका हुन्। 

जबकी निर्वाचन आयोगले भने सरकारलाई मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको थियो। देउवाले गठबन्धनका अन्य नेताहरुसँग भन्दा पहिले ज्योतिषसँग सल्लाह गरेको ती नेताको दाबी छ। 

उनी भन्छन्, 'मंसिर ४ मा उत्पतिका एकादशी पर्छ। धार्मिक मान्यताअनुसार त्यो खराबविरुद्ध असलको जितको दिन हो। त्यसैले मंसिर ४ मा चुनाव गर्ने कुरामा सभापतिज्यूले जोड दिनुभएको होला।'

गठबन्धनका नेताहरुलाई भने देउवाले मंसिर ४ को निर्वाचनका लागि बुधबार मात्रै मनाएका हुन्। उक्त तिथि–मितिसमेत देउवा आफैंले प्रस्ताव गरेर गठबन्धनमा सहमति जुटाएका थिए।

साउन १० गते नै लागेको थियो टुंगो
चुनाव मंसिर ४ गते गर्ने टुंगो साउन १० गते नै लागेको थियो। प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उक्त दिन प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको थियो।

भेटमा देउवाले मंसिर २ नभइ ४ गते निर्वाचन गर्नुपर्ने प्रमुख आयुक्त थपलियालाई बताएका थिए। थपलियाले साउन १० गते आगामी मंसिर ४ गते प्रदेश र संघीय संसद्को चुनाव हुनसक्ने बताएका थिए। 
स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले 'सम्भवतः अर्को मन्त्रिपरिषद् बैठक'ले निर्वाचनको मिति तोक्नेसमेत उल्लेख गरेका थिए।
 
उनले उक्त पत्रकार सम्मेलनमा भने, ‘आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्नका निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा गर्ने गरी मिति सिफारिस गरिसकेको छ। आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गतेको मिति तोकियो भने यसलाई आश्चर्य नमान्दा हुन्छ।'

आयुक्त थपलियाको भनाइलाई दुई दिनपछि साउन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुष्टि गरेका थिए। उनले मंसिर ४ मै संघ र प्रदेशको निर्वाचन हुने बताउँदै प्रधानमन्त्री देउवा त्यही दिन वा अर्को दिन घोषणा गर्ने तयारीमा रहेको तर आफूले रोकेको बताए।

अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमा जनार्दन शर्मालाई फेरि नियुक्त गर्नका लागि केही दिन पर्खिन आग्रह गरेका हुन्। जुन भइसकेको छ। उनले पार्टीनिकट प्रेस सेन्टरका पदाधिकारीसँग छलफलमा गर्दै केही दिनमै चुनाव घोषणा हुने बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनको भनाइ थियो,  'प्रधानमन्त्री देउवाले आज-भोलिमै निर्वाचनको घोषणा गर्छु भनेको भए पनि मैले केही कानुन निर्माण भएपछि मात्रै गर्न सुझाव दिएको छु।' मंसिर ४ मै निर्वाचन तय गरिएको पुष्टि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले साउन १३ गते गरे। 

नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले उक्त मितिमा निर्वाचन हुने पक्कापक्की भएको बताए। उनको भनाइ थियो,  'मंसिर ४ गते  निर्वाचन हुँदैछ । पक्कापक्की छ। केही दिनमा औपचारिक रूपमा त्यो घोषणा हुन्छ।'

प्रतिनिधि सभाको कार्यकाल मंसिरसम्मै
सुरुमा सत्ता गठबन्धनका अन्य दलले चुनाव फागुनमा गर्नुपर्नेमा जोड दिएका थिए। उपसभामुख पुष्पा भूसालको शपथ ग्रहणका दिन राष्ट्रपति निवासमा गठबन्धनका शीर्ष नेताहरुबीच प्रतिनिधि सभाको कार्यकालका विषयमा छलफल चलेको थियो। 

छलफलमा मंसिरसम्म नै प्रतिनिधि सभा रहनुपर्नेमा नेताहरुले जोड दिएका थिए। निर्वाचन घोषणापछि प्रतिनिधि सभा स्वत: भंग हुने हुँदा फागुनमा निर्वाचन सार्न एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरुले जोड दिएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस विषयमा कानुनी परामर्श गरेर टुंगोमा पुग्ने कुरा त्यहाँ भएको सभामुख अग्नि सापकोटाले पछि एक पत्रकार भेटघाटमा बताएका थिए।  देउवानिकट कानुन व्यवसायीले निर्वाचन घोषणा गरे पनि मंसिरसम्मै संसद् रहने परामर्श दिएको बताइएको छ। सोही आधारमा सहयात्री दलका नेताहरुलाई देउवाले मंसिरमै निर्वाचन गराउन राजी गरेका हुन्।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो पावर प्ले सकिँदा विराटनगर किङ्सको ४६ रन
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य
सम्बन्धित सामग्री
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र स... मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल उनले लोकतन्त्र संकटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको संगठन सुदृढीकरण र रूपान्तरणमा पन... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
पहिलो पावर प्ले सकिँदा विराटनगर किङ्सको ४६ रन मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्