काठमाडौं– संघीय संसद् अन्तर्गत बिहीबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ।
बिहान ११ बजे अर्थ समितिको बैठक बोलाइएको छ। समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा समितिको भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने बताइएको छ।
यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक पनि बस्दैछ। बैठक मध्यान्ह १२ः१५ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेगरी बैठक बोलाइएको छ।
बैठकमा अमेरिकाको राज्य साझेदारी कार्यक्रम (स्टेट पार्टनरसिप प्रोग्राम) लगायतका विषयमा छलफल हुनेछ।
छलफलमा परराष्ट्रमन्त्री नारायण खड्का, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधि सभाका उपसभामुख पुष्पा भुसाल, प्रधानसेनापति प्रभुराम शर्मा लगायतलाई बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।