काठमाडौं– नेपालमा ३८ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टेको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट, ‘च्यालेन्ज इगनाइट सक्सेस’ नारामा सम्पन्न गरेको छ।
दुईदिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इन्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो।
कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पङ्क्तिबद्ध रहेको बताइएको छ। कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो।
कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र, इनोभेशनको कारण हामी नेपालकै सर्वाधिक बिक्रि हुने ब्रान्ड भैराखेका छौं। म हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।