काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनिएको नेपाल टी–२० लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति जुधेको छ।
क्यानले असोज ८ गतेबाट कात्तिक ५ गतेसम्म प्रतियोगिता सुरु गराउने तयारी गरेको छ। यसका लागि फेन्चाइजीहरु पनि घोषणा गरिसकेको छ।
अर्कोतर्फ नेपाली खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुद पनि यसैबीचमा पर्ने भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ को बीचमा हुनेछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंककुमार घिसिङले राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुने भन्दै प्रतियोगिता नसर्ने बताए।
‘प्राविधिक समिति हुँदै मसम्म पनि यो कुरा आइपुगेको छ। यस्तो सन्दर्भमा केही खेललाई २८ गते भनिए पनि केही अगाडि नै सञ्चालन हुन्छ। केही खेल प्रतियोगितापछि पनि हुन सक्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।