काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा आयोजना गर्ने तयारी गरेको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुनेछ। गण्डकी प्रदेशले आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र उक्त प्रतियोगिताका केही खेलहरु काठमाडौंमा गराउने तयारी गरेको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए।
सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना रहेको बताए। उनले यसपटक राष्ट्रिय खेलको पहिलो संस्करणदेखि नवौंसम्मका खेलकुदका डाटा सुरक्षित गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।