फाइल तस्बिर
काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरु प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्न सहमत भएका छन्।
निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार गठबन्धनका दलहरु मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सहमत भएका हुन्।
बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेपाली कांग्रेसका १ नेताले जानकारी दिए।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव सम्पन्न गर्न सकिने गरी मिति घोषणाका लागि सरकारलाई सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री देउवाको व्यक्तिगत चाहनाअनुसार अरु नेताहरु पनि मंसिर ४ गते निर्वाचन गर्न सहमत भएका हुन्।
गठबन्धनका नेताहरुबीच सहमति जुटेपछि अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।