काठमाडौं– नेपालमा बुधबार एकैदिन ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ६ हजार २ जनाको नमूना परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
थप ९१५ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ। २४ घण्टाको अवधिमा ३०१ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।