काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गणन्त्र कोरिया(दक्षिण)का लागि डाक्टर ज्योति प्याकुरेललाई आवासीय राजदूतमा नियुक्ती गरेकी छन्।
बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा उल्लेख गरेको हो।
नेपालको संविधानको धारा २८२ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।