• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अमेरिका र चीनका लागि ताइवान के हो?

64x64
नेपाल लाइभ बुधबार, साउन १८, २०७९  २२:०५
1140x725

काठमाडौं–अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ। मंगलबार साँझ ताइवानको राजधानी ताइपेइ पुगेकी सभामुख पेलोसीले बुधबार त्यहाँकी राष्ट्रपतिसँग भेट गरकी छन्। त्यसअघि उनले ताइवानको संसद्‌मा मन्तव्यसमेत दिएकी थिइन्।

विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको यो पहिलो ताइवान भ्रमण हो। चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ। चीनका उपविदेशमन्त्री शि फेङले यसलाई द्वेषपूर्ण भन्दै अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। 

उनले चीन हातमा हात बाँधेर नबस्ने बताएका छन्। यसैबीच अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले न्यान्सी पेलोसीको भ्रमण चीनको ‘एक चीन नीति’सँग मेल खाएको र यसलाई संकटमा परिणत गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्।

ताइवान चीनबाट किन छुट्टियो?
दोस्रो विश्वयुद्धपछि चीनको मुख्य भू–भागमा चिनियाँ कम्युनिष्ट पार्टीले त्यहाँको सत्तारुढ नेसनलिस्ट पार्टी (कुओमिन्ताङ)सँग युद्ध लडिरहेको थियो। सन् १९४९ मा माओ त्से तुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले राजधानी बेइजिङमाथि कब्जा गर्‍यो। त्यसपछि सत्तारुढ कुओमिन्ताङ पार्टी समर्थकहरू मुख्य भूमि छोडेर दक्षिणपश्चिमी टापुमा गए, जुन ताइवान हो।

त्यसयता कुओमिन्ताङ ताइवानको सबैभन्दा महत्वपूर्ण पार्टी बनेको छ। ताइवानी इतिहासको अधिकांश समय कुओमिन्ताङ पार्टीले शासन गरेको छ। हालसम्म, विश्वका १३ वटा देशले मात्रै ताइवानलाई छुट्टै र सार्वभौमसत्ता सम्पन्न देश मान्छन्।

ताइवानलाई स्वतन्त्र राज्यको मान्यता नदिनका लागि अन्य देशहरूमा चीनको कूटनीतिक दबाब छ। चीनले अन्य देशहरूले ताइवानलाई मान्यता दिने कुनै पनि काम नगरून् भन्ने सुनिश्चित गर्ने प्रयास गर्दछ। जसका लागि उसले ‘एक चीन’ नीतिमा अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धता खोज्ने गरेको छ। 

किन भयो ताइवानमा विवाद?
ताइवान चीनको दक्षिणपूर्वी तटबाट करिब १०० माइल टाढा रहेको एउटा टापु हो। चीनले यसलाई छुट्टै प्रान्त मान्छ र अन्ततः चिनियाँ नियन्त्रणमा आउने विश्वास गर्छ। चिनियाँ राष्ट्रपति सी चिन फिङले आफ्ना भाषणहरूमा ताइवानसँगको ‘एकीकरण’ पूरा हुने बताउने गरेका छन्। उनले यो हासिल गर्न बल प्रयोग गर्न सक्ने पनि बताएका छन्।

तर, ताइवानले आफूलाई आफ्नै संविधान र आफ्नै निर्वाचित नेताहरूको सरकार भएको स्वतन्त्र देश ठान्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अमेरिकालाई किन महत्वपूर्ण छ?
ताइवान टापुका वरिपरि अमेरिकी सामरीक महत्वका क्षेत्रहरू समावेश छन्, जुन अमेरिकी विदेश नीति र सुरक्षाका लागि महत्वपूर्ण छन्। चीनले ताइवानलाई कब्जा गरे पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व स्थापित गर्ने पश्चिमा विज्ञहरूको चेतावनी छ।  जसका कारण, गुआम र हवाई टापुमा रहेको अमेरिकी सैन्य अड्डा जोखिममा पर्न सक्ने उनीहरुकाे आंकलन छ। याे नै अमेरिकाको मुख्य चासोको विषय बन्दै आएको छ।

तर, चीनले आफ्नो नियत पूर्णतया शान्तिपूर्ण रहने दाबी गर्दै आएको छ।

के ताइवान आफ्नो रक्षा गर्न सक्छ?
चीनले सैन्य विधिबाहेक अन्य कदम चालेर पनि ताइवानलाई एकीकरण गर्न सक्ने बताएको छ। तर यदि दुई देशबीच लडाइँ भयो भने ताइवानको सैन्य शक्ति चीनको अगाडि कमजोर साबित हुनेछ । 

चीनले आफ्नो सेनाका लागि वार्षिक खर्च अमेरिकापछि विश्वकै सबैभन्दा बढी गर्ने गरेको छ। यसको सैन्य शक्ति एकदम विविध र विशाल रहेको छ। आधुनिक हतियार सहितको प्रविधिमा, नौसेना र वायुसेनामा र साइबर प्रणालीमा चीन निकै अगाडि रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ताइवान संसारको लागि किन महत्वपूर्ण छ?
ताइवानको अर्थतन्त्र विश्वको लागि ठूलो महत्वको छ। विश्वका इलेक्ट्रोनिक ग्याजेटहरू जस्तै फोन, ल्यापटप, घडी र गेमिङ उपकरणहरूमा प्रयोग हुने अधिकांश चिपहरू ताइवानमा बन्ने गरेका छन्। ताइवानले विश्व बजारमा उत्पादन हुने कूलमध्ये आधाभन्दा बढी चिप्स उत्पादन गर्छ। २०२१ को एक तथ्यांकअनुसार विश्वभरि करिब १०० बिलियन डलरको चिप उद्योग रहेको र यसमा ताइवानको प्रभुत्व रहेको देखाएको थियो।

यदि ताइवानलाई चीनले कब्जा गर्‍यो भने विश्वको यस्तो महत्वपूर्ण उद्योगहरूमा चीनको नियन्त्रण रहने छ। प्रविधिको यो अत्यावश्यक वस्तुको एकाधिकार पश्चिमाहरूका लागि महँगो पर्न जाने छ। 

ताइवानी जनता के भन्छन्?
चीन र ताइवानबीचको तनाव बढे पनि एक अनुसन्धानले त्यहाँका जनतामा त्यसको खासै प्रभाव नपरेको देखाएको छ। अक्टोबरमा, ताइवान पब्लिक ओपिनियन फाउन्डेशनले चीनसँग युद्ध हुन्छ कि भनेर सोधेको जवाफमा करिब ६४ प्रतिशत ताइवानी जनताले यसको जवाफ ‘हुँदैन’ भनेर दिएका थिए। 

उही समयमा, अर्को एक अनुसन्धानले ताइवानका धेरैजसो मानिसहरूले आफूलाई चिनियाँहरू भन्दा फरक ठान्ने गरेको देखाएको थियो। अर्को एक सर्वेक्षणले सन् १९९० को तुलनामा ताइवानका मानिसहरूमाझ ताइवानी पहिचान बढेको देखाएको छ। मानिसहरूमा आफूलाई चिनियाँ वा ताइवानी–चिनियाँ ठान्ने प्रवृत्ति पहिलेदेखि नै निकै कम रहेको तथ्यहरूले देखाएको छ।

पछिल्लो समय चीन आक्रामक बनेको अमेरिकी सभामुखको भ्रमणका कारण हो। चीन ताइवानबाहेक अहिले अमेरिकाको भूमिकाका कारण क्रुद्ध छ। यो भ्रमणको जुनसुकै तहमा प्रतिकार गर्ने बताएको चीन अब कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ। किनभने, जुन भ्रमणलाई चीनले रोक्न खोजेको थियो त्यो भ्रमण पूरा गरेर अमेरिकी सभामुख पेलोसी ताइपेइबाट दक्षिण कोरिया उडिसकेकी छन्।
(अन्तर्राष्ट्रिय समाचार माध्यम बीबीसी, गार्डियनलगायतमा प्रकाशित सामग्रीको आधारमा तयार पारिएको लेख)

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता
सम्बन्धित सामग्री
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र स... मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल उनले लोकतन्त्र संकटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको संगठन सुदृढीकरण र रूपान्तरणमा पन... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्