काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडीहरुको आवासको लागि होस्टेल निर्माण गर्ने भएको छ।
राखेपको ११३ औं बोर्ड बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव टंकलाल घिसिङले करिब ४ करोडको लगानीमा होस्टेल निर्माण गर्न लागिएको जानकारी दिएका हुन्।
उनका अनुसार खेलाडीहरुको होस्टेल तीन तारे (थ्री स्टार) स्तरको हुने छ। होस्टेल निर्माणको लागि मूलपानीतर्फ जग्गा हेरिएको र आउँदो भदौ महिनाभित्रै डीपीआर तयार पारिने पनि घिसिङले जानकारी दिए।
होस्टल कति जना क्षमता र कति कोठाको बनाउने भन्ने बारेमा भने उनले कुनै जानकारी गराएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।