काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र फिनल्यान्डका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार बुधबार बिहान नेपालका लागि फिनल्यान्डका राजदूत प्रेर्टी अन्टीनेनले भण्डारीसँग भेट गरेका हुन्।
उक्त अवसरमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।