• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देशले नयाँ कृषिमन्त्री पायो, तर किसानले मल पाएनन् :  सांसद डिला संग्रौला

64x64
नेपाल लाइभ मंगलबार, साउन १७, २०७९  १९:३६
1140x725

काठमाडौं- प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले नयाँ कृषिमन्त्री नियुक्त हुँदा पनि किसानले मल नपाएको गुनासो गरेकी छन्।

मंगलबार  प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद संग्रौलाले तत्कालीन कृषिमन्त्रीले भारतबाट फर्केलगत्तै संसद्‌मा उभिएर असार महिनाभित्रै किसानले मल पाउने आश्वासन दिएको स्मरण गरिन्। 'देशले नयाँ कृषिमन्त्री पाएको छ, तर किसानले मल पाएका छैनन्,' उनले भनिन्।

धान दिवस मनाएको एक महिना पुगिसक्दा पनि किसानले मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले कृषिप्रधान देशमा बर्सेनि अर्बौंको चामल आयात गर्नु विडम्बना भएको बताइन्। 

उनले भनिन्, ‘असार १५ मा हामीले राष्ट्रिय धान दिवस मनाएको पनि एक महिना पुग्यो। कृषिप्रधान देशमा वर्षेनी अर्बौंको चामल आयात भइरहेको छ। तर अहिलेसम्म पनि किसानहरुले मल पाउन सकेका छैनन्।  कतिपय ठाउंमा कालो बजारी छ, ऋण काढेर महँगोमा पनि मल नपाउने अवस्था छ।'

उनले गएको चार आर्थिक वर्षमा मल खरिदका लागि अर्बौं रकम छुट्याउँदा पनि किसानले खेतमा मल हाल्न नपाएको भन्दै असन्तुष्टि पोखिन्। 

‘गएको चार आर्थिक वर्षमा मल खरिदका लागि भनेर सरकारले ५० अर्ब रकम विनियोजन गरेको छ। तर, यही अवधिमा किसानले मल अभाव भोग्नु परेको छ। सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था छ। यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार ८ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने अधिकारीहरुको भनाइ छ,’ उनले भनिन्।

साथै उनले भारत सरकारसँग गरेको जी–टू–जी सम्झौता अन्तर्गत ल्याउन खोजेको मल दुई देशबीचको खरिदसम्बन्धी कानुनलाई मिलाउन समस्या भएकाले मल आउन नसकेको हो? भन्दै प्रश्नसमेत गरिन्। 

‘सरकारले भारत सरकारसँग गरेको जी–टू–जी सम्झौता अन्तर्गत ल्याउन खोजेको मल दुई देशबीचको खरिदसम्बन्धी कानुनलाई मिलाउन समस्या भएकोले आउन नसकेको हो भने संसद चलिरहेको छ, खरीद ऐन संशोधन गर्न के ले रोकेको छ? मलको अभावमा देशभित्रै प्रांगारिक मलको उत्पादन गर्ने हाम्रो योजना खोइ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै?’ सांसद संग्रौलाले प्रश्न गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

गतवर्ष सप्तरीका किसानहरुले रासायनिक मलका लागि आन्दोलन गरेको र गत असारमा धादिङका किसानहरुले दुई ट्रक रासायनिक मल सडकमै लुटेको उदाहरण दिँदै सांसद संग्रौलाले भनिन्, ‘किसानहरुमा आक्रोश बढ्दै छ।  तर सरकार मौन छ। गत साता मात्रै सरकारले भारत सरकारसँग ५ वर्षका लागि करिब ९ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको भन्ने समाचार हामीले पढ्यौं। तर अझै आश्वस्त हुन सक्ने वातावरण छैन। साउन १५ गतेलाई खिर खाने दिन पनि भनिन्छ। यदि यस्तै स्थिति रह्यो भने खिरको त कुरै छोडौं, बहुसंख्यक नेपालीले भात पनि खान नपाउने स्थिति आउनसक्छ,’ उनले भनिन्।

कोरोना बीमा भुक्तानीको व्यवस्था मिलाउन माग
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि रहेकी सांसद संग्रौलाले नेपाल सरकारले अनुदान रकम निकासा नगरेको भन्दै निर्जीवन बीमा कम्पनीहरूले सर्वसाधारण नागरिकको १० अर्ब ५२ करोड भुक्तानी नदिएको बताइन्।

‘गत साउनदेखि कम्पनीहरूले दाबी भुक्तानी बन्द गरेका छन्। कोरोना महामारीको समयमा बीमा समितिले सामाजिक उत्तरदायित्वका नाममा कोरोना बिमा पलिसी सञ्चालनमा ल्याएको थियो। तर तीन वर्ष पुग्दा पनि भुक्तानी गरिएको छैन,’ उनले भनिन्।

समाचारहरुका अनुसार विभिन्न २० बीमा कम्पनीमा एक लाख ६२ हजार बढीले १५ अर्ब बढी रुपैयाँको बीमा रकम दाबी गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसमध्ये ५० हजार बढीले  जनाले  चार अर्ब ८३ करोड रुपैयाँ भुक्तानी पाएका छन्। अझै बीमा रकम दाबी गरेका एक लाख बढीले १० अर्ब ५२ करोड भुक्तानी पाएका छैनन्। बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डमा दाबी भुक्तानीमा सरकारले पनि दायित्व बहन गर्ने उल्लेख छ। तर, मापदण्डअनुसार आफ्नो हिस्सामा परेको दायित्व भुक्तानी गर्नबाट सरकार पन्छिएको गुनासो आइरहेको छ।

‘त्यसैले बिना ढिलाई एउटा मापदण्ड बनाएर देशभरी भुक्तानी हुन बाँकी रकम तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न म नेपाल सरकारको ध्यानाकर्षण गर्दछु,' सांसद संग्रौलाले भनिन्।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता
सम्बन्धित सामग्री
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दि... मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण... मंगलबार, कात्तिक १०, २०८३
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान मंगलबार, कात्तिक १०, २०८३
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार, कात्तिक १०, २०८३
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता मंगलबार, कात्तिक १०, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्