काठमाडौं– सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि उच्चस्तरीय छानबिन गर्न माग गर्दै दर्ता गर्न ल्याएको एक रिट निवेदनलाई सर्वोच्चले दरपिठ गरेको छ।
उपभोक्ता हित संरक्षण मञ्चले दर्ता गर्न ल्याएको उक्त रिटलाई सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको हो।
रिटमा शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएकोले उनीमाथि उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरिएको थियो।
‘आजसम्म मञ्चको कुनै पनि मुद्दा र निवेदन रजिस्ट्रार कै तहबाट दरपीठ भएको थिएन, दुर्भाग्य यो निवेदन दरपीठ आदेश भएको छ’, मञ्चले भनेको छ। अब आफूहरुले इजलासमा निवेदन दिने मञ्चका अध्यक्ष ज्योती बानियाँले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।