काठमाडौं– संविधानविद् डा. भिमार्जुन आचार्यले निर्वाचनको घोषणासँगै संसद् स्वत: भङ्ग हुने टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा उनले निर्वाचन घोषणा भएपछि संसद् नरहने दाबी गरेका हुन्।
‘प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हो। कार्यकाल सकिनुअघि अर्थात् मंसिर १० गतेभित्र निर्वाचन सम्पन्न भइसक्नुपर्छ,’ उनले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ। फेरि विघटन गरिराख्नु पर्दैन।’
उनले संसद् नै नरहेपछि सांसद् रहने भन्ने कुरै नहुने बताए। उनले स्थापित मान्यताको कदर गरौं, अति नगरौं भन्दै सरकारले मंसिरमा निर्वाचन घोषणा गरेपछि संसद्को अवधी पनि समाप्त हुने दाबी गरे।
सरकारले निर्वाचनको मिति घोषणा गरेमा संसद् कायम रहन्छ कि रहँदैन भन्ने विवाद हुन थालेपछि आचार्यले यस्तो टिप्पणी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।