काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्देशन दिएका छन्।
सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजना प्रभावकारी कार्यसम्पादन गर्ने सम्बन्धमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन्।
सोमबार नियमित मन्त्रिपरिषद् बैठक बस्नुपर्ने भए पनि हिजो बैठक बस्न सकेन। तर, आजको बैठक पनि मन्त्रिपरिषद्को नभएको बताइएको छ। बजेट कार्यान्वयन, अर्थतन्त्रमा देखिएका समस्या, आगामी निर्वाचन तथा विपत् प्रतिकार्य लगायतका विषयमा छलफल र निर्देशन दिन प्रधानमन्त्रीले सबै मन्त्री र सचिवहरुको बैठक डाकेका थिए।
प्रधानमन्त्री देउवाले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मन्त्रालयगत योजनासहित उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशनसमेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।