काठमाडौं– मंगलबार बसेको प्रतिनिधि सभाको बैठक सकिएको छ। अब अर्को बैठक साउन २२ गते आइतबार बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुरोधमा संसद् बैठक पाँच दिन पर सारिएको बताइएको छ।
मंगलबारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले विप्लव नेतृत्वको नेकपा माओवादीलाई फेरि हिंसामा जाने वातावरण सरकारले बनाउन थालेको भन्दै सरकारको आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।