• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारलाई सांसदहरुको प्रश्न– मुद्दा लगाएर विप्लवलाई फेरि हिंसात्मक बाटोमा पठाउन खोजेको हो? 

64x64
नेपाल लाइभ मंगलबार, साउन १७, २०७९  १५:५५
1140x725

काठमाडौं– प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्ने क्रममा सांसदहरूले विप्लव नेतृत्वको नेकपा माओवादीलाई सरकारले गिरफ्तार गर्नका लागि पत्र काटेकोप्रति आपत्ति जनाए। सांसदहरुले सरकारको गतिविधिले उक्त पार्टीलाई पुनः हिंसात्मक बाटोमा फर्काउनका लागि उद्दत भइरहेको टिप्पणी गरे। 

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वर्तमान सरकार अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच भएको सम्झौता कार्यान्वयन गर्न छाडेर विभिन्न मुद्दामा पत्र काट्न अघि बढेको बताए। उनले वर्तमान सरकार यस्तो गतिविधिको माध्यमबाट उक्त पार्टीलाई हिंसात्मक बाटो रोज्न विवश बनाउन उद्दत रहेको टिप्पणी गरे। उनले यस्तो गतिविधिबाट पछि हट्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। 

‘वर्तमान सरकार अघिल्लो सरकारले गरेको सम्झौतालाई निरन्तर अगाडि बढाउनुपर्नेमा अनेक बाहनामा विप्लव समूहलाई पत्र काट्ने र फेरि त्यही बाटो रोज्न विवश बनाउनका लागि उद्दत भएको छ,’ भट्टराईले भने,‘यस्तो कामबाट पछि हट्न र उक्त पत्र फिर्ता लिन सरकारलाई गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँछु।’

यस्तै भट्टराईले, आफ्नो पार्टी नेतृत्वको सरकारले सिके राउत र विप्लव नेतृत्वको पार्टीलाई वार्ताका माध्यमबाट शान्तिको बाटोमा ल्याएको दाबी गरे। तर, अहिलेको सरकार ति पार्टीहरूलाई प्रोत्साहन गरेर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको बाटोमा ल्याउनका सट्टा अर्कै बाटो रोजेकोमा आफूहरूको ध्यानाकर्षण उनको भनाइ छ। 

‘सिके राउतलाई पनि नेपालको राष्ट्रिय राजनीतिको मूल धारमा ल्याइसकेपछि हिंसाको बाटो राज्ने कुनै समूह छैन, नेपालमा अब शान्तिका साथ बाँच्न पाइन्छ भनेर नेपाली जनताले अनूभुति गरिरहेको बेला सरकारले अर्कै बाटो रोजेको छ,’ भट्टराईले भने,‘उक्त कामबाट पछि हट्न र  प्रतिस्पर्धाको राजनीतिमा आउनलाई प्रोत्साहान गर्न सरकारलाई ध्यानाकर्षण गराउँछु।’

त्यस्तै माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले विप्लव नेतृत्वसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेर नेता कार्यकर्ताहरूलाई वारेन्ट जारी गर्ने, गिरफ्तार गर्नेलगायतका कार्य गर्नु विडम्बना रहेको बताएकी छन्।

उनले सरकारलाई उक्त पार्टीसँग भएको सम्झौताबाट पछि हटेर विप्लव नेतृत्वको पार्टीलाई हिंसात्मक बाटोमा पठाउन खोजेको हो? भनेर सरकारलाई प्रश्न गरिन्। 

‘विप्लव नेतृत्वको पार्टीसँग वार्ता सम्पन्न भएको डेढ वर्षमा सहमति कार्यान्वयन गर्नेभन्दा पनि नेता कार्यकर्ताहरूलाई वारेन्ट जारी गर्ने, गिरफ्तार गर्ने लगायतका कार्य गर्नु विडम्बना हो। के विप्लवसँगको सम्झौताबाट सरकार पछि हटेको हो? वा उक्त पार्टी पुनः युद्धमा जाओस् भनेको हो?,’ सांसद सुवेदीले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

सांसद सुवेदीले सरकारलाई यस्ता गतिविधि रोकेर उक्त पार्टीसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरिन्। 

‘२०७७ फागुन ११ गते नेपाल सरकार र विप्लव नेतृत्वको माओवादीबीच वार्ता सम्पन्न भएको थियो। वार्तामा सबै गतिविधि शान्तिपूर्ण रुपमा गर्ने, सबै मुद्दाहरू राजनीतिक संवादबाट हल गर्ने र सरकारले उक्त पार्टीलाई लागाएको मुद्दा फिर्ता गर्दै कैदीबन्दी रिहाइ गर्ने सहमति भएको थियो,’ उनले भनिन्, ‘त्यसैले त्यस्ता गतिविधि तत्काल रोकेर उक्त सहमति कार्यान्वयन गर्न म सरकारसँग माग गर्दछु।’

सांसदहरूले प्रतिनिधि सभामा उठाएको विषय जस्तो सरकारले सिधैं पक्राउ पुर्जी भने जारी गरेको हैन। ललितपुर जिल्ला अदालतले सोमबार एक सूचना जारी गरि उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालगायतका नाममा पक्राउ पुर्जी जारी गरेको हो।

अदालतले ति नेताहरूविरुद्ध हातहतियार तथा खरखजानासमेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराधसमेतको मुद्दा र हातहतियार तथा विस्फोटक मुद्दामा ३५ दिने पक्राउ पूर्जी जारी गरेको हो। २३ जना नेतामाथि चारवटा कसुरमा पक्राउ पुर्जी जारी गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्कालीन केपी ओली नेतृत्वको नेकपाको सरकारले २०७५ फागुन २८ मा विप्लव नेतृत्वको पार्टीलाई हिंसात्मक गतिविधि गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि उक्त पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्न निर्देशन जारी गरेको थियो। २०७७ फागुनमा २१ मा ओली नेतृत्वकै सरकारसँग ३ बुँदे सम्झौता गर्दै उक्त पार्टी खुला राजनीतिमा आएको थियो।

उक्त सम्झौतामा पार्टीलाई लाएको प्रतिबन्ध हटाउने, नेता कार्यकर्तालाई रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने रहेको थियो। यो सम्झौता भएको करिब डेढ वर्षपछि शीर्ष नेतासहित पक्राउ पुर्जी जारी हुनुले प्रतिनिधि सभामा बोल्ने सांसदहरू सरकार सम्झौता कार्यान्वयनमा गम्भीर नभएको आरोप लगाएका हुन्। 

यस विषयमा सरकारी पक्षबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया भने आएको छैन। तर, विप्लव नेतृत्वको पार्टीले यो कदम नरोकिए आफूहरू ‘हातमा दही जमाएर नबस्ने’ चेतावनी दिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण
हुम्लामा चार करोड खसीको व्यापार
सम्बन्धित सामग्री
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण... मंगलबार, कात्तिक १०, २०८३
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्