काठमाडौं– नेकपा एमालेका सांसद भीमबहादुर रावलले देश र जनताको नाममा शपथ लिएर जिम्मेवारी पूरा नगर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कारबाही गर्ने प्रावधान राख्न माग गरेका छन्।
राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त शपथ सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद रावलले यस्तो बताएका हुन्।
उनले शपथ लिइसकेपछि त्यसको कानुनी पालना नहुने गरेको भन्दै आक्रोश पोखेका छन्।
उनले शपथसम्बन्धी मस्यौदाको अनुसूचीमा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो जिम्मेवारी बहन गर्दा प्रचलित कानुनको पालना गर्ने, मुलुक र जनताको भलो चिताई, कसैको डर नमानी, पक्षपात नगरि, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारीका सााथ ग्रहण गर्ने कुरा लेखिएको भए पनि त्यसको पालना नभएको बताए।
सांसद रावलले भने, 'हाम्रो देशमा के देखियो भने, विदेशीसँग थर्कमान भइ, डर मानी, संविधान मिचि, उलंघन गरि मनपरि गर्ने छु भन्ने जस्तो चरित्र देखिन थाल्यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।