काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्री र मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो (अहिले केही बेरपछि) बस्ने गरी मन्त्री र सचिवहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।
बजेट कार्यान्वयन, अर्थतन्त्रमा देखिएका समस्या, आगामी निर्वाचन तथा विपत् प्रतिकार्य लगायतका विषयमा छलफल र निर्देशन दिन प्रधानमन्त्रीले सबै मन्त्री र सचिवहरुको बैठक डाकेका हुन्।
प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मन्त्रालयगत योजनासहित उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशन समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।