काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री तथा डा सुरेन्द्र यादवले चिकित्सा शिक्षा ऐनले स्वास्थ्य संस्था धरापममा परेको बताएका छन्। उनले संसद्मा बोल्दै संशोधनको समेत माग गरेका छन्।
उनले भने, 'यसै संसद्बाट हामीले चिकित्सा शिक्षा ऐन पारित गर्यौं। त्यसैका कारण अहिले मेडिकल कलेज र सीटीइभीटबाट सञ्चालित सरकारी र निजी स्वास्थ्य संस्था धरापमा परेका छन्।'
मुद्रा सञ्चितिको कुरा उठिरहेका बेला चिकित्साका विद्यार्थी विदेशिँदा मुद्रा बाहिरएको उनले उल्लेख गरेका छन्। चिकित्साबाट विदेशी मुद्रा कमाउन सकिने उनको भनाइ छ।
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशी विद्यार्थीसमेत पढ्न आउने गरेकोमा अहिले कोटा घटाउँदा अवस्था खराब रहेको उल्लेख गर्दै भने, 'बेड अकुपेन्सी हुँदा पनि एमबीबीएस कोटा सयमा झारिएको छ। पुनर्विचार गर्नुपर्छ।'
यसैगरी नर्सिङ कलेज बन्द भइरहेको बताउँदै अहिले पनि गाउँमा नर्स पुग्न नसकेको बताए। उनले भने, 'आज पनि गाउँघरकका स्वास्थ्य संस्थामा नर्सिङको जनशक्ति नहुँदा खाली छ। निजी संस्थाको लगानी नेपाल सरकारको लगानी होइन? विद्यार्थी पढ्न वञ्चित गरेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।