काठमाडौं– नेकपा माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले विप्लव नेतृत्वको नेकपा माओवादी र नेपाल सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै उनले उक्त माग गरेकी हुन्। २०७७ फागुनमा नेपाल सरकार र उक्त पार्टीबीच ३ बुँदे शान्ति सम्झौता भएको थियो। सांसद सुवेदीले उक्त सम्झौतालाई कार्यान्वयन गर्नुको सट्टा सरकारले गिरफ्तारी गर्न थालेको भन्दै आपत्ति जनाइन्।
‘२०७७ फागुन ११ गते नेपाल सरकार र विप्लव नेतृत्वको माओवादीबीच वार्ता सम्पन्न भएको थियो। वार्तामा सबै गतिविधि शान्ति पूर्ण गर्ने, सबै मुद्दाहरू राजनीतिक संवादबाट गर्ने र सरकारले उक्त पार्टीलाई लागाएको मुद्दा फिर्ता र कैदी बन्दी रिहाई गर्ने लगायतको विषयमा तीन बुँदे सहमति भएको थियो,’ सुवेदीले भनिन्,‘वार्ता सम्पन्न भएको डेढ वर्षसम्म सहमति कार्यान्वयन गर्नेभन्दा पनि नेता कार्यकर्ताहरूलाई वारेन्ट जारी गर्ने, गिरफ्तार गर्ने लगायतका कार्य गर्नु विडम्बना हो। के विप्लवसँगको सम्झौताबाट सरकार पछि हटेको हो? वा उक्त पार्टी पुन: युद्धमा जाओस् भनेको हो सरकारले। यस्ता गतिविधि तत्काल रोकेर उक्त सहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।