धनगढी- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेश समिति विस्तार गरेको छ। केही समय अघि दर्ता भएको सो पार्टीले प्रदेशमा नरेन्द्रबहादुर चन्दको अध्यक्षतामा पार्टी समिति विस्तार गरेको हो।
सुदूरपश्चिम प्रदेश सम्पर्क समितिका सदस्य ललितबहादुर सिंहको संयोजकत्व बसेको प्रदेशको पहिलो बैठकले चन्दलाई सुदूरपश्चिम सभापतिमा चयन गर्ने निर्णय गरेको जनाइएको छ।
यस्तै पार्टीको सुदूरपश्चिम सचिवमा बैतडीका भोजराज जोशीलाई चयन गरिएको छ। पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा रहने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।