• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

मूल्य वृद्धिको मारमा भान्साः एक वर्षमा कति बढ्यो तरकारीको मूल्य?

64x64
सुरेन्द्र बजगाईं मंगलबार, साउन १७, २०७९  ०७:२८
1140x725

काठमाडौं– वर्षेनी विभिन्न सामग्रीमा भइरहेको मूल्य वृद्धिका बीच मानिसको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिने भान्सा पनि उत्तिकै महँगिएको छ। पछिल्ला वर्षहरुको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा दैनिक जीवनयापनका लागि भान्सामा आवश्यक पर्ने मुख्य खाद्यान्नका वस्तुहरुको मूल्य आकासिएको हो।

टेकु बस्ने सरिता दुलाल विगतमा भन्दा अहिले तरकारीको मूल्य निकै बढेको बताउँछिन्। उनी भन्छिन्, ‘पहिले हप्ता एकपटक तरकारी लिन जाँदा हजारदेखि पन्ध्रसय खर्च हुन्थ्यो। अहिले त त्यो पैसाले केही पनि आउँदैन।’

सरिता पछिल्ला केही महिना यता तरकारीको मूल्यमा निकै महँगी देखेको बताउँछिन्। साप्ताहिक रुपमा कालिमाटी तरकारी बजार गएर किनमेल गर्ने उनी हाल बढिरहेको मूल्यले भान्सालाई निकै महंगो बनाएको जिकिर गर्छिन्।

सरिताले भनेजस्तै गत वर्ष साउन १६ सँगको मूल्यको तुलनामा हाल कालिमाटी तरकारी बजारमा पाइने तरकारीजन्य सामग्रीको मूल्य उकालो लागेको छ। अधिकांश तरकारीहरुको मूल्य उकालो लागेको कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूचीले देखाउँछ। 

गत वर्ष साउन महिनामा ३५० रुपैयाँ प्रतिकिलोमा पाइएको कुरिलोको मूल्य हाल ११४ प्रतिशतले बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूचीकाअनुसार हाल प्रतिकिलो कुरिलोको मूल्य ७५० रुपैयाँ पुगेको छ। त्यस्तै, बन्दादेखि गोलभोडासम्मका सब्जीहरुमा पनि निकै धेरै मात्रामा मूल्यवृद्धि भएको छ।

महँगिएको भान्साः बन्दादेखि सागसम्मको बढ्यो मूल्य
काठमाडौं महानगरपालिकाका प्रमुख क्षेत्रहरुमा जाने तरकारी तथा फलफूल कालिमाटी तरकारी तथा फलफूल बजारमार्फत् नै पुग्ने गर्दछ। खुद्रा तथा थोक दुवै मूल्यमा कारोबार हुने यो बजारबाट अन्य क्षेत्रमा पुग्दा यहाँ रहेकोभन्दा पनि थप मूल्य उपभोक्ताले तिर्नुपर्ने हुन्छ।

हाल कालिमाटी तरकारी बजारमा रहेको मूल्यसूची हेर्दा बन्दादेखि तोरीको सागजस्ता आधारभूत खाद्यान्नका सामग्रीमा निकै मूल्य वृद्धि भएको छ।

गत वर्ष यहि समयमा २८ रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको बन्दा (लोकल)को हालको मूल्य ५० रुपैयाँ प्रतिकिलो रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

No description available.

त्यस्तै, गत वर्ष यहि समयमा ५२.५० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको तोरीको सागमा पनि ७.९४ प्रतिशतले मूल्य वृद्धि भएको छ। हाल सागको मूल्य ५६.६७ रुपैयाँ रहेको छ।  त्यस्तै, हरियो खुर्सानीमा ६४.४४ प्रतिशत, हरियो खुर्सानी (माछे)मा ३२.३५ प्रतिशत, रायो सागमा ३९.४० प्रतिशत, अदुवामा २९.७४ प्रतिशत, सुकेको छ्यापीमा ७७.४२ प्रतिशत, तितो करेलामा ६४.७१ प्रतिशत मूल्य वृद्धि भएको छ। त्यस्तै, लाम्चो भान्टामा १.८२ प्रतिशत, सेलरीमा ५.४५ प्रतिशत, सुकेको नेपाली लसुनमा १७.२४ प्रतिशत, कन्य च्याउमा २१.१४ प्रतिशत, मूल्य वृद्धि भएको छ।

No description available.

गत वर्ष प्रतिकेजी ११० रुपैयाँमा पाइएको रातो बन्दाको मूल्य यो वर्ष दोब्बरभन्दा धेरैले बढेको छ। हाल २३५ प्रति किलो मूल्य रहेको रातो बन्दाको मूल्य गत वर्ष साउन १६ गतेको तुलनामा ११३.६४ प्रशितले बढेको छ। त्यसतै, चिचिण्डो पनि गत वर्ष २३.३३ रुपैयाँ प्रति किलो पाइरहेकोमा हाल २५ रुपैयाँ प्रतिकिलो पुगेको छ।

Xtrem

Xtrem

यता चुकुन्दर, गाँगरजस्ता खाद्यान्न सामग्रीको मूल्यमा पनि निकै चढाव भएको छ। चुकुन्दरमा ८० प्रतिशत मूल्य वृद्धिसहित गत वर्ष ७५ रुपैयाँ प्रतिकिलो बिक्री भइरहेकोमा हाल १३५ रुपैयाँ प्रति किलो मूल्य पुगेको छ। त्यस्तै, लोकल गाँजरको मूल्यमा पनि ४०.३३ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष १०३ रुपैयाँ प्रतिकिलो रहेको गाँजरको मूल्य हाल १४५ रुपैयाँ प्रतिकिलो पुगेको छ।

महँगीको बिरोधमा एमालेः गठबन्धनको सरकार आएपछि मूल्य बढेको हो?

सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशमा महंगी र भ्रष्टाचार बढेको भन्दै सडकमार्फत् आवाज उठाएको छ। बसन्तपुरबाट सुरु भएको प्रदर्शनमार्फत एमालेले गठबन्धन नेतृत्वको  सरकारले भ्रष्टाचार गरेको र महंगी पनि निकै मौलाएको भन्दै बिरोध गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले जनतालाई महंगी र भ्रष्टाचार मात्रै दिएको बताएका थिए। 

‘यो सरकारले मूल्य वृद्धि बढाएको छ। जनताको जीवन कष्टकर बनाएको छ। यो सरकारको गलत नीतिका कारण मुलुक आर्थिक संकटमा गएको छ’,  पोखरेलले भने, ‘भ्रष्टाचार र महँगी बढाउने यो सरकारलाई हामीले परास्त गर्नु पर्छ। जनता सडकमा आउन जरुरी छ।’ 

त्यस्तै, केही साताअघि मात्रै एमालेकै उपमहासचिव प्रदीप ज्ञवालीले पनि दुई थोक तरकारी खानै नसक्ने गरि महँगी भएको बताएका थिए। गठबन्धन सरकार सत्तामा आएपछि अत्यधिक महँगी बढेको उनको भनाइ थियो। 

तर, तथ्यांकले भने गत वर्ष असार २८ मा गठबन्धनको नेतृत्वमा शेरबहादुर देउवा प्रधानमन्त्री भएयता प्रमुख तरकारीमा महँगी तुलनात्मक रुपमा कम देखिएको छ।

गत वर्ष साउन १६ मा कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेका तरकारी तथा फलफूलको मूल्यसँग हालको मूल्यको तुलनात्मक विश्लेषण गर्दा २७ वटा वस्तुको मूल्यमा वृद्धि देखिएको छ। त्यस्तै, ३ प्रकारका तरकारी तथा फलफूलको मूल्य स्थिर रहेको छ। बाँकी रहेका ४६ प्रकारका तरकारीको मूल्यमा भने गत वर्षको तुलनामा हालको मूल्य कम देखिएको छ।

No description available.

 मूल्य नबढेका तरकारीहरुमा पिंडालु, हाइब्रिड सेतो मुला, हरियो धनिया र लोकल सेतो मुला रहेका छन्। गत वर्षकै मूल्यमा हाल यी तरकारीहरु कालिमाटी तरकारी तथा फलफूल बजारबाट बिक्री भइरहेका छन्।

हाल लोकल सेतो मुलाको मूल्य १७.५० रुपैयाँ प्रतिकिलो, हरियो धनिया १७५ रुपैयाँ प्रतिकिलो, हाइब्रिड सेतो मुला २७.५० रुपैयाँ प्रतिकिलो र पिंडालु ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

बाँकी रहेका घिउ सिमी, नासपाती, भटमास कोशा, काउली, हरियो फर्सी, काक्रो, अनारलगायतका ४६ वटा फलफूल तथा तरकारीको मूल्य भने गत वर्ष गठबन्धनको सरकारले बनेपछिको तुलनामा हाल कम देखिएको छ।

No description available.

सरकारले महंगी र भ्रष्टाचार मात्रै दिएको दाबी गर्दै बिरोधमा उत्रिएको नेकपा एमालेको पालाको मूल्य भने गठबन्धनको सरकार आएपछि हाल रहेको मूल्यभन्दा धेरै थियो।

गत वर्ष असार १७ गते कालीमाटी तरकारी तथा फलफूल बजारमा बिक्री भएका तरकारीसँग हालको मूल्य (साउन १६)को तुलना गर्दा गत वर्ष र हाल बजारमा रहेका ७० मध्ये ८ फलफूल तथा तरकारीको मूल्य उस्तै रहेको छ। नेकपा एमालेको सरकार हुँदाको तुलनामा हाल ४७ वटा तरकारीको मूल्यमा कमी आएको छ भने २५ प्रकारका तरकारीको मूल्यमा वृद्धि भएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्